१५ आश्विन २०८३, बिहीबार

भारतबाट नेपाल फर्किएका एकजना युवकमा कोरोनाको नँया भाइरस संक्रमण

एसीपी संवाददाता

१३ चैत्र २०७७, शुक्रबार १५:३४ मा प्रकाशित

नेपालगन्जको जमुनाह नाकामा शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा रोल्पा लिवाङका ३० वर्षीय एक युवकमा भाइरस संक्रमण देखिएको हो । भारतको गुजरातबाट आएका ती युवकमा संक्रमण पुष्टि भएसँगै नयाँ डबल म्युटेन्ट भेरियन्ट नेपालमा भित्रिएको आशंका गरिएको छ । ती युवामा ज्वरो, रुघाखोकीको लक्ष्ण देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार, तापक्रम उच्च देखिएपछि ती युवकको एन्टिजेन जाँच गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि ती युवकलाई स्वास्थ्यकर्मीकै निगरानीमा राखिएको छ । ती युवकलाई शनिवार विहान एम्वुलेन्समार्फत रोल्पा पठाइने बताईएकोछ । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतबाट फर्किने नागरिकहरुको नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले बताउनुभयो । उहाँका अनुसार, अहिलेसम्म नाकामा १८ जनाको एन्टिजेन जाँच गरिएको छ । त्यसमा १७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिएका व्यक्तिहरुको नाकामा एन्टिजेनमार्फत कोरोना जाँच गर्ने गरिएको छ । संक्रमण पुष्टि भएका व्यक्तिमा नयाँ भेरियन्ट हो कि होइन भनेर पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरेपछि मात्रै पुष्टि हुन्छ । त्यसका लागि स्वाव लिएर जिन सिक्वेन्सिङ गर्नु पर्ने हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x