१२ मंसिर २०८३, शुक्रबार

इजिप्टमा रेल दुर्घटना कम्तीमा ३२ जनाको मृत्यु

एसीपी संवाददाता

१५ चैत्र २०७७, आईतवार ००:४१ मा प्रकाशित

कायरो — इजिप्टको सोहाग प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोहाग प्रान्तको तहता सहरमा दुईटा रेल आपसमा ठोकिएपछि रेलका डिब्बाहरू पल्टेका हुन् । लुक्सोरबाट अलेक्सान्द्रिया जाँदै गरेको रेल कायरोबाट अस्वान जाँदै गरेको रेलसँग जुधेको हो । घटनास्थल राजधानी कायरोबाट करिब ३ सय ६५ किलोमिटर टाढा पर्छ । घटनाबारे अनुसन्धान गर्न एक प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति अब्दुल फताह अल–सिसिले घटनाप्रति जिम्मेबारलाई कडा दण्ड दिइनुपर्ने बताएका बीबीसीले उल्लेख गरेको छ । ‘यस्तो दुखदायी दुर्घटना जो सुकैको बेवास्था, भ्रष्टाचार वा अन्य अनियमितताका कारण भएपनि त्यसलाई तुरुन्त कडा दण्ड दिनैपर्छ,’ उनले ट्वीट गरेका छन् ।

घटनालगत्तै उक्त स्थानबाट ६५ वटा एम्बुलेन्सले घाइतेलाई अस्पताल पुर्‍याएका थिए । समाजिक संजालमा सार्वजनिक तस्बिरहरूमा रेलका डिब्बाहरू पानीको नहर नजिकै पल्टेका देखिन्छन् । ‘मानिसहरूले ज्यान गुमाएका छन् । जीवितै उद्धार गरिएकालाई पनि हामीले बचाउन सकेनौं,’ घटनास्थलमा भेटिएका एक स्थानीयले घाइतेको उद्धारका लागि आवश्यक उपकरणहरू नभएको गुनासो गर्दै भने । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x