नन्दलाल वैश्य नियुक्त भए महामूर्खको सम्मेलनका अध्यक्ष
श्याम कुमार शाहू – तयार गरिएको कार्यक्रम अनु नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडि नगरका गणमान्य व्यक्ति भेला भई नन्दलाल वैश्यलाई तरकारी लगायतको माला लगाई महामूर्खको टोपी लगाई भंगडा बाजागाजासहित नगर परिक्रमा गर्ने कार्यक्रम थियो । यसको सबै नै तयारी पूरा थियो । महामूर्ख सम्मेलनको अध्यक्षको लागि विशेष पोशाक पनि बनाइएको थियो तर कार्यक्रमको समयमा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले कार्यक्रममा एक्कासी फेरबदल गरी महामूर्ख सम्मेलनको कार्यक्रम अर्कैको ब्यानर तल सम्पन्न गराएका थिए

समय फेरबदल कार्यको प्रतिष्ठानका पदाधिकारीहरुमा समेत असन्तुष्टि रहेको बताईन्छ भने अर्काेतर्फ प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको यस्तो कार्यको नेपालगन्ग निवासीहरुले आलोचना गरेका छन् । होली पर्वको दिन नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडि एक संस्थाबाट सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै सांस्कृतिक कार्यक्रम बीच महामूर्ख सम्मेलन कार्यक्रमको पनि आयोजना गरियो ।
प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यलाई महामूर्ख सम्मेलनका पूर्व आजीवन संरक्षक स्व. राम गोपाल वैश्यको सुपुत्र अजयकुमार गुप्ताबाट तरकारी, जुत्ता चप्पलले बनेको माला पहिराई, अध्यक्षता ग्रहण गराई प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी, विजयकुमार वैश्यलाई महामूर्ख सम्मेलनको संयोजकको नियुक्ति प्रमाण पत्र प्रदान गरिएको थियो । नव नियुक्त सम्मेलनका संरक्षक विजयकुमार वैश्यले पनि अहिले सम्पन्न गरिएको महामूर्ख सम्मेलनप्रति असन्तुष्टि प्रकट गर्दै भने, अहिले जेनतेन कुनै प्रकारले यो महामूर्ख सम्मेलन आयोजना गरिएको छ तर अब यो कार्यक्रम भव्यताले हरेक वर्ष गराउने जिम्मेवारी मलाई सुम्पिएको छ । अब कुनै अर्काको ब्यानर तल हामी कार्यक्रम गर्दैनौं आगामी दिनमा हुने होली पर्वमा आफ्नो नेतृत्वमा महामूर्ख सम्मेलन भव्यताले सम्पन्न गराउने र नेपालगन्ज उद्योग वाणिज्य संघको अगाडी नै धर्मेन्द्र पाण्डेबाट भब्य ढंगले कार्यक्रम आयोजित गर्ने बताए ।
यस वर्ष होली पर्व नजिकिँदा नै स्थानीय प्रशासनबाट होलीपर्वमा रंग घरमा नै खेल्न, भिडभाड नगर्ने, कोभिडबाट आफूहरु पनि बच्ने र अरुलाई बचाउने भनी अपील गर्दा चैत्र १५ गते आईतवार दिनभरी कुनै प्रकारको होली खेलिएको देखिएन तर १५ गते राती न्यूरोड, त्रिवेणीमोड लगायतमा भिडभाड गरी होली खेलियो र पर्वको अवसरमा अबेर रातीसम्म नाचगान गरिएको थियो
१६ गते दिनभर नै होलीको रंग खेलियो । स्थानीय प्रशासनको सो अपीललाई अनदेखा गरी ठाउँ ठाउँमा डिजे लगाई नाचगान कार्यक्रमहरु गरियो । यस वर्ष कोभिड–१९ को कारण होली पर्व अति नै फिक्का ढंगले मनाइयो । छिमेकीदेश भारतमा कोभिडको संक्रमण तिव्र ढंगले फैलिएको प्रभाव यहाँ नेपालगन्जमा पनि देखियो । होली पर्वमा वैदिक सनातन धर्मावलम्बीहरु १५ गते राती ८ः४८ बजे साइतदेखी होलिका दहन गरेर १६ गते बिहानैदेखि होलिका ताप्ने परम्परा निर्वाह गरेका थिए ।
यो होलिका दहनलाई सामुहिक यज्ञ पनि भनिन्छ । होलिकाको आगोमा नै नयाँ अन्नबाली, अक्षत, गाईको गोबरले बनेको गुइठा हालीपुजा गर्ने र होलिकाको परिक्रमा गर्ने परम्परा रही आएको छ । त्यसपछि रंग अबीर खेल्ने गरिन्छ । यस वर्ष होली पर्व अति नै शान्ति र सद्भावका साथ सम्पन्न भएको नेपालगन्जबासीहरुले बताए ।


