१२ मंसिर २०८३, शुक्रबार

नेपाल–रावल पक्षका कार्यकर्ताले प्रधानमन्त्री ओलिको पुतला जलाए

एसीपी संवाददाता

१७ चैत्र २०७७, मंगलवार १६:४२ मा प्रकाशित

धनगढी: धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ।

नेकपा एमालेमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय लिइरहेको भन्दै नेपाल–रावल पक्षका कार्यकर्ताले धनगढीको पार्कमोडमा उनको पुतला जलाएका हुन।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको भन्दै उनीहरु निकट कार्यकर्ताले पुतला जलाएको बताएका छन्। कार्यकर्ताहरुले ओलीको कारवाहीलाई अवैधानिक मानेको बताएका छन्।

पुतला दहनपछि कार्यकर्ताहरुले ‘केपी शर्मा ओली मुर्दावाद, भीम रावल जिन्दावाद’ लगायतका नारा समेत लगाएका थिए।

सोमबार पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको थियो।दिनेशख्स्बर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x