प्रचण्डलाई महन्थको जवाफ : ‘गल्ती तिमी गर्ने गाली हामीलाई
समर्थन माग्न आएका प्रचण्डलाई महन्थको मुखभरीको जवाफ : ‘गल्ती तिमी गर्ने, आरोप हामीलाई लगाउने?’
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुखभरीको जवाफ दिएका छन् ।
नयाँ सत्ता समीकरणका लागि जसपाको समर्थन खोजिरहेका प्रचण्डलाई महन्थले आफू सरकारमा समर्थन राखिरहने र जसपाले सहयोग गरेन, ओलीलाई समर्थन गरेको भनेर आरोप लगाउने भनेर आक्रोश पोखे । साथसाथै पटक पटक प्रचण्डलाई समर्थन गरे पनि मधेस र मधेसी जनताको माग पूरा नगरेको आरोप लगाए ।
बृहत नागरिक आन्दोलनमा सहभागी महन्थले सोही कार्यक्रममा सहभागी प्रचण्डलाई तपाईहरुले त सरकारलाई समर्थन गरिरहनुभएको छ। हामी त वार्तामात्रै गरिरहेका छौं, हामीमाथि औला डढ्याउने, गल्ती तपाईहरु गर्ने, आरोप हामीमाथि लगाउने भनेर आक्रोश पोखे ।
‘ओलीलाई समर्थन तपाईंहरु (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि?’, प्रचण्डलाई ठाकुरले भने । उनले आफूहरुले मधेसी जनताका माग सडकबाट उठाए पनि सुनुवाई नभएको बताए । उनले मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको बताए ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गर्ने बचन दिएको बताए । उनले लिखित रुपमा सम्झौता भएपछि मात्रै आफूले विश्वस गर्ने बताए ।
उनले प्रधानमन्त्रीलाई समर्थन नगरेको र विरोध पनि नगरेको स्पष्ट पारे । माग सम्बोधन गरे सहकार्य हुने उनको भनाइ छ । नेपालपाना


