के थाहा पाए प्रचण्डले मधेसी बिरोधि सङ न मिल्नु रे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नटाँसिन आग्रह गरेका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफूहरूसँग नयाँ सरकारमा सामेल हुन ठाकुरलाई आग्रह गरे ।
उनले भने, ‘मैले महन्थ ठाकुरलाई पनि भनेको छु, म त हैरान भएर केपी ओलीविरुद्ध विद्रोह गरेर आएको छु । मधेसी अधिकारको पहिचान विरोधीसँग तपाईंहरुको के खासखुस भइरहेको छ ? यसले मधेसी जनताको अपमान हुन्छ । त्यसैले मधेसी जनताको आत्मसम्मानको मोर्चामा आउनुस् ।’
केपी ओली मधेसी र मुस्लिमलाई हकअधिकार दिन नचाहने उनले बताए । प्रचण्डले भने, त्यही भएर महन्थ ठाकुरलाई नयाँ मोर्चामा सामेल हुन सुझाएको हुँ ।’ सरकार गठनका लागि नयाँ परिस्थिति बनेको र यसबारे घनीभूत छलफल सुरु भएको प्रचण्डको भनाइ छ । उनले सम्भवतः छिट्टै नयाँ सरकार बन्ने दाबी पनि गरे ।रातोपाटि


