जसपाले सरकार नेतृत्व माग्दा अन्यमा दलमा रुवाबासी
काठमाडौं। यतिबेला नयाँ सरकार गठबन्धनको चर्चा चलिरहेको छ । गत शुक्रबार नेपाली कांग्रेसले आफु सरकारको नेतृत्व लिन तयार रहेको बताएको थियो ।
तर, जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले भने, नेपाली कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । साथै जसपाका नेताहरुले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल चाल्न थालेका छन् ।
यतिबेला संसदमा सबभन्दा ठूलो दल एमालेसँग १२१ कांग्रेससँग ६१ (निलम्बनमा परेका दुई बाहेक) र माओवादी केन्द्रका ४९ (चार जना एमाले प्रवेश गरेकाबाहेक) सांसद छन् । जसपाको ३२ (दुई निलम्बित बाहेक) सासंद छन् ।
सरकार गठनका लागि बहुमत अर्थात १३८ सांसद चाहिन्छन् । यसमा अब, एमाले वा माओवादी केन्द्र र कांग्रेसको सरकार बनाउँन जसपासँगको गठबन्धन अनिर्वाय आवश्यक देखिन्छ । जसपाले आफ्नो महत्वको फाइदामा सरकारको नेतृत्व माग गर्न सक्ने देखिन्छ ।
यस्तोमा जसपाले तीनै प्रमुख राजनीतिक दललाई चेतावनीका साथ आफ्नो नेतृत्व माग गर्न सक्छ । तर, विकल्पमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको साथ पायो भने जबरजस्त नयाँ सरकार पनि बन्न सक्ने सम्भावना छ । नेपालपाना


