३१ श्रावण २०८३, आईतवार

स्वर्गीय जोशीले नेविसंघको मुभमेन्टदेखि अहिलेसम्म खेलेको भूमिकालाई कसैले भूल्न नसक्ने

एसीपी संवाददाता

२६ चैत्र २०७७, बिहीबार ०१:१० मा प्रकाशित

नेपाली कांग्रेसका शिर्ष नेताहरुले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको धारणा राखेका छन् ।

नविन्द्रराज जोशीको १३ औं दिनको पुण्य तिथिमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति क्षेत्र नंव ८ ले गरेको श्रद्धाञ्जली सभामा उनीहरुले नेपाली राजनीतिमा जोशीको योगदान इतिहासले सदैव सम्झने समते बताए । कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताउनुभयो । जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राखेको उहाले बताउनुभयो ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीने बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले स्वर्गीय जोशीले नेविसंघको मुभमेन्टदेखि अहिलेसम्म खेलेको भूमिकालाई कसैले भूल्न नसक्ने बताउनुभयो ।

जोशीको निधनमा बुधबार देशभरका ७७ वटै जिल्लामा शोकसभा गरिएको कांग्रेसले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x