प्रचण्ड अब कुर्नु बाहेक केही गर्न सकेनन् , अदालतले पनि दियो झटका
काठमाडौं । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि माओवादी केन्द्रका नेताहरुले रटान लगाएको एउटै विषय थियो प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । अविश्वासको प्रस्ताव ल्याउन डराउने तर विश्वासको मत लेउ भनेर माओवादी सांसदहरुले नेताहरुले संसद लगायत ठाउँमा ठाउँमा बोले । तर दल नै एकता नभएको घोषणापछि पहिले नै विश्वासको मत लिइसकेको सरकारले फेरि लिन परेन । लिएन ।
नलिएपछि माओवादीले उठाएको एजेण्डालाई केही कानुन व्यवसायीले अदालत पुर्यासए । अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएपछि ओलीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दिए । सर्वोच्चका मुख्य रजिस्टारले लालबहादुर कुँवरले चैत २४ गते दरपीठ गरे ।
रजिष्टार लेभलबाटै धक्का लागेको माओवादीको एजेण्डालाई स्थापित गराउन कानुन व्यवसायीले दरपीठविरुद्ध नै निवेदन दिए । निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दरपीठलाई सदर गर्यो । माओवादीको एजेण्डालाई बल पुग्नेगरी अदालत आएका कानुन व्यवसायीको निवदेन खारेज गर्यो।
चैत १९ गते पुनरावलोकन खारेज गरेर प्रचण्डलाई धक्का दिएको अदालतले चैत २६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नपर्ने फैसला गरेर अर्को धक्का दिएको छ । नेपालपाना


