१३ आश्विन २०८३, मंगलवार

साउदीमा फेरि बढे कोरोना संक्रमित सावधानी उपायहरू अपनाउन मन्त्रालयको अनुरोध

एसीपी संवाददाता

२७ चैत्र २०७७, शुक्रबार १२:२० मा प्रकाशित

अरशद शेष राई, साउदी अरेबिया । कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले छ महिना देखि आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त पार्दै अगाडि बढिरहेकै बेला पुनः एक पटक कोरोना भाइरसले चेतावनी दिएको छ । बिगत केही दिनदेखि साउदी अरेबियामा पनि कोरोना भारसका संक्रमितहरू दिनदिनै थपिँदै गएका छन् ।

यता केहीदिन देखि साउदी अरेबियामा कोरोना भाइरस महामारीको संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना भाइरसको संक्रमितको संख्या दोब्बर हुदैँ गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा बिहीबार मात्रै ९ सय भन्दा बढी नयाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् जबकि बिहीबार मात्रै उपचारपछि निको भई घर फर्किनेको संख्या ४ सय ६९ जना रहेका छन । कोरोना भाइरसको संक्रमणले गर्दा साउदी अरेबियामा बिहीबार नौ जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार साउदी अरेबियामा नयाँ भेटिएका कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा ४ सय २ जना, पबित्र शहर मक्का शरीफमा १ सय ६३ जना, पूर्वी क्षेत्रमा १ सय ५५ जना, असिरमा ३६ जना, पबित्र शहर मदिना शरीफमा २६ जना तथा अन्यहरूमा गरी ९ सय २ जना कोरोना संक्रमितहरु भेटिएका हुन् ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुनेको कुलसंख्या ३ लाख ९५ हजार ८ सय ५४ जना पुगेका छन जबकी हालसम्म उपचारपछि निको भई घर फर्किनेको कुलसंख्या ३ लाख ८१ हजार ६ सय ५८ जना पुगेका छन् । साउदी अरेबियामा हाल ७ हजार ४ सय ६८ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु रहेका छन् भने ८ सय ७४ जना कोरोना भाइरसको संक्रमित गम्भीर अवस्थामा रहेका छन ।

कोरोना भाइरस अर्थात् कोभिड -१९ को महामारीले गर्दा साउदी अरेबियामा हालसम्म ६ हजार ७ सय २८ जनाको मृत्यु भइसकेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदी स्वास्थ्य मन्त्रालयले आफ्ना नागरिक तथा प्रवासीहरूलाई रेखदेख गर्नका लागि रेजिष्टर गर्न, उपायहरूको पालना गर्न र निर्देशनहरूको पालना गर्नुका साथै ठूलो समारोहसंग बच्न तथा मास्क अनिवार्य रूपमा लगाउन तथा अहतियाती उपायहरू अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x