१२ मंसिर २०८३, शुक्रबार

भारतीय गृहमन्त्री ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी

एसीपी संवाददाता

३१ चैत्र २०७७, मंगलवार १२:४१ मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् । दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्छ ।’

उल्लेखनीय छ, दार्जिलिङमा नेपाली मूलका मतदाताको बाहुल्यता छ । गृहमन्त्री शाहले भारतीय जनता पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली भाषीहरुको विश्वास जित्ने प्रयास गरेका हुन् ।

उनले गोर्खालीहरुको समृद्ध इतिहास रहेको चर्चासमेत गरे । उनले भने, ‘जब देशभक्त समुदायको नाम लिइन्छ, त्यतिबेला गोर्खालीहरुको नाम सबैभन्दा पहिला गर्वले लिने गरिन्छ ।’

उनले बंगालमा भारतीय जनता पार्टीको सरकार बनेमा गोर्खाली समुदायमाथि लगाइएका सबै मुद्दा एक साताभित्रै फिर्ता लिइने प्रतिबद्धता पनि जनाए ।रातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x