३० श्रावण २०८३, शनिबार

नेपाल-भारत सिमानाका बन्द हुने

एसीपी संवाददाता

५ बैशाख २०७८, आईतवार ०२:३७ मा प्रकाशित

कैलाली / भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका लागि नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने भएको छ । त्यहाँ हुने पञ्चायत चुनावको लागि आइतबार बेलुका ४ बजेदेखि सोमबारराति १२ बजेसम्म नाका सिल हुने प्रशासनले जनाएको छ ।

कैलाली र कञ्चनपुर दुवै जिल्लाका प्रशासन कार्यालयले यसबीच गौरीफन्टा नाका पूर्णरूपले बन्द रहने जनाएका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भारतमा हुने चुनावका बेला बोर्डर सिल गर्ने विषयमा सहमति भएको बताउनुभयो ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले १८ अप्रिल बेलुका ४ बजेदेखि १९ अप्रिल राति १२ बजेसम्म सीमा सिल हुने बताउनुभयो । उहाँले त्यस रात नाका नखुल्ने र अर्को दिन बिहानमात्र सुचारू हुने बताउनुभयो ।

नेपाल-भारत सीमामा उत्तर प्रदेशका सात जिल्ला महाराजगंज, सिद्धार्थनगर, श्रावस्ती, बलरामपुर, बहराइच, लखीमपुर खीरी र पीलीभीत पर्दछन् । उत्तर प्रदेश र नेपालसँग ५५१ किलोमिटर लामो सीमा छ ।

चुनावलाई मध्यनजर गर्दै सीमामा अतिरिक्त सतर्कता अपनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपाल र भारत दुबै देशमा चुनावका बेला सुरक्षाका दृष्टिकोणले सीमामा आवागमन रोक्ने गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x