भूमि कब्जा गरेको चीनलाई प्रधानमन्त्री देउवाले दिए ठुलो झटका , आत्तियो चीन

भदौ १७ गते । सरकारले चीनबाट नेपालसँगको सीमा भूमि मिचिएकोबारे अध्ययन गर्न छानविन समिति बनाएको छ । खासगरी हुम्लाभित्र पर्ने सीमा क्षेत्रमा समस्या देखिएपछि समिति बनेको हो । समिति बनेलगत्तै भूमि कब्जा गरेको चीन सरकार आत्तिएको छ ।

नेपालमा चिनियाँ समर्थकहरु विरोधमा उत्रिएका छन् । कांग्रेस कर्णाली संसदीय दलका नेता एवं हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाहीले आफै स्थलगत अध्ययनमा गएर चीनले सीमा मिचेको तथ्य प्रमाणसहित प्रतिवेदन बाहिर ल्याएका थिए । तर तत्कालीन सरकारले भूमि नमिचेको भनेर चीनकै संरक्षण गर्यो । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार आएपछि फेरि छानविन हुने भएपछि चिनियाँहरु आत्तिएका हुन् । चीनले भूमि मिचेको तथ्य बाहिर ल्याउँदा शाहीमाथि भारतीय, अमेरिकी एजेन्टको पनि आरोप लाग्यो । तर उनी डगमगाएनन् । उनको अडानले अहिले चीनले भूमि मिचेको सम्बन्ध राज्यबाट निष्पक्ष छानविन हुने भएको हो ।

छानविन हुनेभएसँगै शाही चीनले गल्ती भयो भनेर माफी माग्नेमा ढुक्क छन् । कम्युनिस्टहरुले चिनियाँ सेन्टिमेन्टले भूमि मिच्दा मिचिएको छैन भनेर मौन बसेको भन्दै शाही अब वास्तविकता बाहिर आउने विवाद समाधान हुने बताउँछन् ।

सिमामिचेको हो व होईन सत्यतथ्य सार्वजनिक गर्न सतारुढ दलकै नेता रावलको माँग


आफूले सत्यतथ्य बाहिर ल्याउँदा चीनले नेपाली काँग्रेस र आफूलाई गम्भीर आरोप लगाएको स्मरण गर्दै अब आरोप पनि पखालिने र चीनको बदमासी पनि बाहिर आउने उनी बताउँछन् ।

छानविन समितिले यहाँको स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, स्थानीय प्रशासन सबैलाई राखेर छानबिन गर्नुपर्ने शाहीको सुझाव छ । सीमा हेर्न आउ भन्दा चीनले वेवास्ता गरेको र अब चीनलाई पनि सँगै राखेर दुधको दुध पानीको पानी छुट्याउनुपर्ने उनको राय छ । सानो देश भन्दै ठूलो देशले जे पनि गर्ने नपाउने उनले जिकिर गरे । ’बोर्डरका पिल्लरहरूलाई पुनःस्थापना गर्न दुबै देशको सहमति चाहिन्छ कि चाहिँदैन ? अनि हाम्रा पिल्लर उहाँहरूले तारबार लगाएर अतिक्रमण गर्न त मिल्दैन नि । हाम्रो कर्मचारी बोल्न डराएर हो,’ उनले भने, ’ठूलो देशले सानो देशलाई हेप्न पाइँदैन ।’

चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी


छानविनबाट सीमा समस्या पनि बाहिर आउने र आफूहरुमाथि चीनले लगाएको आरोपका लागि चीनले माफी माग्ने र कांग्रेस तथा आफूमाथि लगाइएको आरोप पखालिने शाहीको दृढता छ ।

यसअघि शाहीले चीनबाट भूमि मिचिएको प्रतिवेदन सार्वजनिक गरेपछि नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेर आपत्ति जनाएको थियो । हुम्लामा सीमा नमिचिएको दाबी गर्दै नेता शाही चीन विरोधी गतिविधिमा लागेको आरोपसमेत लगाएको थियो । यो आरोप अब पखालिने शाहीको विश्वास छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments