१२ मंसिर २०८३, शुक्रबार

चिनमा उईगुर मुस्लिम माथी जारी अत्याचार विरुद्ध किन मौन छन मुस्लिम देश

एसीपी संवाददाता

२० भाद्र २०७८, आईतवार ०२:३६ मा प्रकाशित

भदौ २० गते आइतबार । चिनमा मुस्लिमहरु माथी गर्ने अत्याचारको खुलासा हुँदै गएको छ । एक उइगरहरुको अधिकार समूहले गरेको नयाँ अनुसन्धान अनुसार चीनले सन् २०१४ यता कम्तीमा ६३० इमाम र अन्य मुस्लिम धार्मिक व्यक्तिहरुलाई हिरासतमा राखेको छ।
उइगर मानव अधिकार परियोजना द्वारा संकलित र बीबीसी संग साझा गरीएको अनुसन्धानले १८ धर्मगुरु हिरासतमा वा केही बेर पछि मरेको प्रमाण पनि फेला परेको दावी गरेको हो ।                         अहिले मुस्लिम देशहरु किन मौन रहेको कुरा माथी प्रश्न खडा भएको छ । एकातिर चिनमा रहेका उईगर मुस्लिमहरुको माथी हत्या हिंसा गर्दै आएको छ भने उता तालिवान जस्ता नयाँ सत्तामा कब्जा गरेको सघाउन सहयोग गर्दै आफ्नो दोहोरो भुमिका प्रमाणिात गर्दै आएको छ । उता पाकिस्तानमा ऋण दिएर पाकिस्तानको सरकार पनि धरासायी हुने अवस्थामा पुगेको छ । तर पाकिस्तान , तालिवान , टर्की जस्ता देशहरुले समेत बिरोध गर्न चीनबाट डराएर नबोलेको अवस्था छ ।
थुप्रै धर्मगुरुहरुले “चरमपन्थी प्रचार”, “सामाजिक व्यवस्था बिगार्न भीड जम्मा गर्ने”, र “पृथकतावाद भड्काउने” जस्ता व्यापक आरोपहरुको सामना गर्नु परेको छ।
आफन्तहरुबाट प्राप्त सुचना अनुसार यी आरोपहरुको पछाडि वास्तविक अपराध प्रायः उपदेश, प्रार्थना समूहहरु बोलाइरहेका इमामको रूपमा कार्य गर्नेहरुमात्र परेका छन । चीनमा रहेका ईस्लाम धर्म मान्न प्रतिबन्ध लगाएको छ । त्यहा स्थित रहेका अलग अलग स्थान मस्जिद भत्काउनुका नमाज पढ्न माथी समेत प्रतिबन्ध रहेको छ । एजेन्सीहरुको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x