१५ चैत्र २०८०, बिहीबार

चीनमा भइरहेका उइगर मुस्लिम माथीका हिंसा सहित मानव अधिकार दुर्व्यवहारका घटनाको विरोधमा बेईजिङ खेलको बाहिस्कार गर्दै अमेरिका

एसीपी संवाददाता

३ मंसिर २०७८, शुक्रबार १०:५४ मा प्रकाशित

३ गते मंसिर २०७८ । अमेरिकी राष्ट्रपति जो बाइडेले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौँ,’ राष्ट्रपति बाइडेले भने ।

कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो ।

सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो ।

चिनमा उईगुर मुस्लिम माथी जारी अत्याचार विरुद्ध किन मौन छन मुस्लिम देश


करिब चार घण्टा लामो सो बैठकमा दुवै नेताहरूले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन् । कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन् ।

चीनमा भइरहेका मानव अधिकार दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरूले बताउँदै आएका छन् ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुअरीदेखि सुरु हुँदै छ ।

चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x