नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छ ,बागलुङ निवासी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ
पाँचौ संक्रमित बागलुङ निवासी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ
चैत १५ गते / नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङ निवासी ती १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो। उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ। यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो। उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।सभार थाहा खबर



