नेपाल–चीन सीमा अध्ययन टोली सदरमुकाम सिमकोटबाट हिल्सा तर्फ प्रस्थान

२८ गते भदौ २०७८ सोमबार । हुम्ला — नेपाली भुमिमा चीनले भवन निर्माण गरेको बिवाद उतपन्न हुँदा अहिले अध्ययन टोलि हुम्ला पुगेको छ । नेपाल–चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गएको हो ।

सीमा क्षेत्र अध्ययनका लागि गृह सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा टोली गठन गरेको छ । हुम्लामा टोलीले आइतबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक अगुवासँग छलफल गरेको थियो । टोली लाप्चा हुँदै गाडीबाट हिल्सा जानेछ ।
‘सकेसम्म सबै सीमास्तम्भमा पुग्छौं,’ आचार्यले भने, ‘देखिएका तथ्य समावेश गरी प्रतिवेदन बुझाउँछौं ।’ सरकारले तीन सदस्यीय टोली गठन गरे पनि अध्ययन टोलीमा ७ जना छन् । नेपाली काङ्ग्रेसका नेता जीवन शाहीले चिनले नेपाली भुमि कब्जा गरी भवन निर्माण गर्दा बिवाद शुरु भएको हो । उता निवर्तमान प्रधानमन्त्री केपि ओलिले चीन सङ कुनै बिवाद नरहेको बताउदै आएका थिए । ओलिले चीन सिमा बिवाद किन र कसको दबावमा गर्न लागेको प्रश्न गरेका थिए भने नेपाली काङ्ग्रेसले दक्षिण सिमाको यदि बिवाद छ र अध्ययन टोलि जान्छ भने नेपाली भुमि मिचेको उत्तर तिराको सिमा समेत सुरक्षा हुन पनि जरुरी छ । कुनै पनि छिमेकीले नेपालको भुमि मिच्न पाउदैन भन्दै आएको छ । चीनलाई खुशी पार्न नेपाली कम्युनिस्ट नेताहरु चिन्सङ कुनै सिमा बिवाद नरहेको बताउदै आएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest