१५ चैत्र २०८०, बिहीबार

नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नामक पुस्तक विमोचन

एसीपी संवाददाता

२८ भाद्र २०७८, सोमबार ०२:१७ मा प्रकाशित

२८ गते भदौ २०७८ सोमबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल–चीन सीमा अध्ययन टोली सदरमुकाम सिमकोटबाट हिल्सा तर्फ प्रस्थान


आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन गर्दै प्रचण्डले अहिले बैचारिक खडेरी परेकाले सबैले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अहिलेको परिस्थितिमा आएको आवश्यकताको नाममा मार्क्सवादलाई गलत दिशातर्फ लैजान खोजिएको पनि बताउनुभयो ।  उहाले पेरुका कम्युनिस्ट नेता गोन्जालोको रिहाइका लागि माओवादीले पनि अभियान चलाएको धारणा पनि राख्नुभयो । प्रचण्डले माओवादी आन्दोलनबाट धेरै उपलव्धी प्राप्त भएको भन्दै कसलै यसलाई अपमूल्यन गर्न नसक्ने तर्क गर्नुभयो । उहाले नेपालको कम्युनिष्ट एकता एउटा प्रयोग भएको तर्क गर्नुभयो । माओवादीले ओली नेतृत्वको एमालेसंग एकता गरेको र अहिले पार्टी बिभाजन हुँदा ज्ञान प्राप्त गरेको उहाले बताउनुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको बताउनुभयो । कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका सहभागीहरुले कम्युनिस्ट आन्दोलनलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताएका थिए ।  माओवादी नेतासमेत रहनुभएका परशुराम तामाङको पुस्तक जागरण बुक्स हाउसले बजारमा ल्याएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x