सभामुख सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध – ओलि

२९ गते भदौ २०७८ मंगलबार । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको छ ।

नेकपा एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले र सभामुख दलका कार्यकता भएर काम गरेकाले संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको हो । उहाले केहि सांसदहरुलाई एमालेले कारवाही गरेको भन्दै गैरसांसद सहभागी बैठक सञ्चालन हुन नसक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले एमालेलाई फुटाउनका लागि नै षडयन्त्रपूवर्क पूर्वनियोजित रुपमा संसद बन्द गरेर अध्यादेश ल्याएको आरोप लगाउनुभयो । उहाले माधव नेपाललाई साथ दिन अन्य दलहरुले गैरसंवैधानिक काम गरेको जिकिर गर्नुभयो । आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने भन्दै अध्यक्ष ओलीले एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने तर्क गनुएभयो ।

उहाले वर्तमान सरकार निर्माण भएको २ महिनामा पनि पुर्णता नपाएको भन्दै अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको बताउनुभयो । भेलामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत समेत गर्नुभएको थियो ।
ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।
मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताए ।
१५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’
तर उनले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जिच्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ ।
उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’
ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गरे । तान्त्रिक जस्तो मायावी उनले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको ओलीको आरोप छ । ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’
माधव नेपालसँग जादु टुना, न मन्त्र दुबै नभएको बताए । कसैले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका ओलीको आरोप छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments