७ कार्तिक २०८१, बुधबार

सहायक क्याम्पस प्रमुख करन सिंह महरालाई बर्खास्त गर्न नेविसंघले माग

एसीपी संवाददाता

४ बैशाख २०७७, बिहीबार १४:३२ मा प्रकाशित

महेन्द्ररस्थित सिद्धनाथ साइन्स क्याम्पसका सहायक क्याम्पस प्रमुख करन सिंह महरालाई बर्खास्त गर्न नेविसंघले माग गरेको छ । सिद्धनाथ विज्ञान क्याम्पसको लेटरप्याड प्रयोग गरेर क्याम्पस सहायक प्रमुख करन सिंह महराले अनेरास्ववियुलाई केन्द्रित गरेर ‘हाम्रो महान संगठन’ भनी राहत सामाग्री बितरणका नाममा विज्ञप्ति निकालेकोमा नेविसंघ नेता कृष्ण दत्त पाण्डेय आपत्ति जनाएका छन् । नेविसंघ कंचनपुर का नेता कृष्ण दत्त पाण्डेय सामाजिक सञ्जालमार्फत सहायक क्याम्पस प्रमुखलाइ तत्काल बर्खास्त गर्न माग गरेका छन् । उनले लेखेका छन्, ‘ सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनगरका सहायक क्याम्पस प्रमुख करन सिंह महरालाई बर्खास्त गर्न उनले जोडदार माग गरेका छन संकटको घडीमा सिंगो क्याम्पसको बदनाम गर्ने गरेर अनेरास्ववियुको कर्याकर्तामा निकट आपत्तिजनक विषय हो ।’ उनले तत्काल सहायक क्याम्पस प्रमुखमाथि कारबाही अगाडि नबढाएमा नेविसंघ कंचनपुरले माँग गरेको छ । क्याम्पस सहायक प्रमुखले कुनै एक संगठनकाे पक्ष लिएर जारी गरेकाे विज्ञप्तिको अहिले चौतर्फी आलोचना भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x