गाउँ गाउँमा पुगेर जनताका समस्या वुझदै जनप्रतिनिधी

बैशाख ११ गते । यो बिषम परिस्थितीमा हरेकले स्वस्थ बानी ब्यवहार अपनाउन सके महामारी रोग कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन सकिने भएकोले कुनै बस्तु छोएपछि वा छिन छिनमा साबुन पानीले कम्तिमा २० सेकेण्ड सम्म हात धुने बानीलाई निरन्तरता दिन सके कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने अध्यक्ष केवटले बताउनुभयो ।यसैगरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे गाउ गाउमा जानुको महत्वपुर्ण कारण लकडाउनका बेला समस्यामा परेका बिपन्न घरपरिवारहरुको पहिचान र राहत सामाग्री बितरणमा पादर्शिता बनाउन जनप्रतिनीधीहरुलाई सहयोग पु¥याउन पनि रहेको बताउँदै बिपन्नको नाममा हुनेखानेले राहत लिने सम्भावना प्रबल रहेकोले बिपन्न घरपरिवारको पहिचान गर्न जनप्रतिनीधिहरुलाई असहज भइरहेकोले जनप्रतिनीधि र आम नागरिक बिचको समन्वकारी भुमिका निर्बाह गर्न र बास्तबिक बिपन्न परिवार राहत लिनबाट बञ्चित हुन नदिनको लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो ।त्यस्तै पालिकाका उपाध्यक्ष सुभावती यादवले पनि लकडाउनका बेला गैडहवावासीमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो गाउपालिकाको हरेक गाउगाउमा अनुगमन गरेको बताउनुभएको छ ।



