७ कार्तिक २०८१, बुधबार

नेबिसंघको आव्हानमा काठमाडौं प्रशासन कार्यालय बाहिर मुल सडकमा प्रदर्शन

एसीपी संवाददाता

१२ बैशाख २०७७, शुक्रबार ०६:४६ मा प्रकाशित

लोकतन्त्रका निम्ति घातक दुई वटै अध्यायदेश फिर्ता लिन सरकारलाई दवाब दिन आज बैशाख १२ गते बिहान ९ बजे देशका ७७ वटै जिल्लाका प्रमुख स्थल हरुमा “साङ्केतिक बिरोध प्रदर्शन” को निम्ति नेबिसंघ आव्हान अनुसार काठमाडौं बबरमहलमा जिल्ला प्रशासन कार्यालय बाहिर मुल सडकमा प्रदर्शन भएकाे छ ।
नेविसंघ महामन्त्री युवराज पाण्डेयकाे नेतृत्वमा नेतृ निमा गिरि, विद्यार्थी नेता तपेन खड्का लगायत ५ जना मात्र जम्मा भएर, सामाजिक दूरी कायम राख्दै, लकडाउनका सबै नियमको पालना गर्दै १० मिनेट सम्म हातमा प्लेकार्ड तथा कालो झन्डा बोकी मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गरेकाे जनाए।
सरकारले केही दिन अगाडि जारी गरेका अध्यादेशहरू संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै असंबैधानिक, अराजनीतिक, असंवेदनशिल तथा सनक र सत्ता राजनीतिकाे अत्यन्तै घृणित खेल भएकाे भन्दै नेविसंघले अान्दाेलन सुरू गरेकाे नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए
काठमाडौंकाे महाराजगन्ज, नारायण गाेपाल चाेकमा महामन्त्री तिमिल्सिनाकाे नेतृत्वमा पुर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, नेविसंघका विद्यार्थी नेताहरू रमेश वस्ताकाेटी, नारायण हमाल, धर्म दिपक अाेझा लगाए अान्दोलनमा सहभागी छन । काठमाडौंकाे त्रिभुवन विश्वविद्यालयकाे परिसरमा पनि नेविसंघले अान्दोलन गरेकाे छ ।
सरकारले ल्याएका विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरि, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक विराेध कार्यक्रम गरेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x