७ कार्तिक २०८१, बुधबार

समाजवादीका नेता डा. यादवलाई अपहरणको शैलीमा ल्याएको घटनाको छानबिन हुनुपर्ने – नेकपा नेता भीम रावल

एसीपी संवाददाता

१२ बैशाख २०७७, शुक्रबार १०:५४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले समाजवादीका नेता डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा ल्याएको घटनाको छानबिन हुनुपर्ने बताउनु भएको छ ।सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले घटनाको छानबिन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्न माग गर्नुभएको हो । सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याउनु सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडेको उहाँले बताउनु भएको छ ।‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ,’ उहाँले लेख्नुभएको छ, ‘ यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।समाजवादी दललाई फुटाउने अभिप्रायले नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले समाजवादीका नेता यादवलाई काठमाडौं ल्याएका थिए । बस्नेत र श्रेष्ठसँगै पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि जनकपुर पुगेका पुग्नुभएकाे थियाे ।बुधबार साँझ समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्वमन्त्री पार्टी फुटाउन ‘अपहरण’ गरिएको भनेर जनकारी दिनुभएको थियो । नेता यादव बिहीबार बिहान पार्टीको सम्पर्कमा सम्पर्क पुग्नु भएकाे थियाे । न्यूज २४ सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x