७ कार्तिक २०८१, बुधबार

वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका,नेपालमा ४९ जनामा सक्रमीत मध्य १२ निको भएका छन ।

एसीपी संवाददाता

१४ बैशाख २०७७, आईतवार ०६:०२ मा प्रकाशित

एजेन्सी  / वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको छ । छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ । नेपालमा ४९ जनामा सक्रमीत मध्य १२ निको भएका छन ।

तीमध्ये एकजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । उनी महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती थिए । शनिबार १ सय ८७ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको र थियो । अहिले छपकैयाँ क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । शनिबार हेटौंडामा गरिएको परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि पहिले नै भर्ना भएका चारजनालाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x