७ कार्तिक २०८१, बुधबार

समाजवादी नेपाल का सांसद डा. यादवको अपहरण उजुरी गर्न जसपाका नेता महानगरीय प्रहरी परिसर टेकुमा

एसीपी संवाददाता

१४ बैशाख २०७७, आईतवार १०:५४ मा प्रकाशित

फाइल तस्बीर कान्तिपुर

आफ्नो पार्टी (तत्कालीन समाजवादी पार्टी नेपाल) का सांसद डा. सुरेन्द्र यादवको अपहरण उजुरी गर्न जनता समाजवादीका नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् । उनीहरुले नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए । उजुरी दिन पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका छन् । हालै एकीकरण भएका राजपा र समाजवादीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरी परिसर पुगेका हुन् । वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ । सभार कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x