प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोनाले पारेको असरबारे अध्ययन निर्माणका लागि अर्थतन्त्र केन्द्रित समिति गठन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण् एव्र देशका लागि आवश्यक दृष्टिकोण निर्माणका लागि भन्दै अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन गरेको छ । पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा गठित समितिमा कांग्रेसका तर्फबाट पूर्व अर्थमन्त्री, अर्थराज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका तथा योजना आयोगका पूर्व उपाध्यक्ष सदस्य छन् भने पार्टीको बैशाख १७ मा भएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले यो समिति गठन गरेको हो । समितिले महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, उदयशमसेर राणा, पृथ्वीराज लिलेगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, गोविन्द पोखरेल र स्वर्णीम वाग्ले सदस्य छन् । समितिले अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा निर्माण गर्ने र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गने कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने बताएको छ ।



