७ कार्तिक २०८१, बुधबार

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा रक्सी नष्ट

एसीपी संवाददाता

२५ बैशाख २०७७, बिहीबार ०८:२४ मा प्रकाशित

फाईल तस्बिर

संजय कुशवाहा /नवलपरासी बैशाख २५लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे वडा नं. ५ बन्कटी गाउबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नेपालबाट भित्र्याउनको लागि करिब एक सय पचास लिटर बराबरको लोकल रक्सी भारत तर्फ लगनको लागि दशगजाको छेउमा रहेको केराबरीमा लुकाएर राखेको रक्सी नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । रक्सी तस्कर फरार भएका छन । सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे रक्सी बिहीबार बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे ।प्रहरीलाई देखेर तस्कर रक्सी केरा बारीमा छोडेर भागेकाे प्रहरी निरिक्षक अधिकारीले बताउनु भयाे । नियन्त्रणमा लिइएकाे साे रक्सी दिउँसो स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x