७ कार्तिक २०८१, बुधबार

मुस्लिम समुदायको महान पर्व ईद उल फितर (ईद)

एसीपी संवाददाता

२ जेष्ठ २०७७, शुक्रबार १५:०१ मा प्रकाशित

महामारीले विश्व आक्रान्त रहेको समयमा मुस्लिम समुदायको पर्व ईद

  साहबुद्दिन हल्वाई—–

 विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ महामारीले विश्व आक्रान्त बनि रहेको समयमा मुस्लिम समुदायको महान पर्व ईद उल फितर (ईद) पनि नजिकिदै छ । ईस्लमिक केलेन्डर (पात्रो) अनुसार ९ औं महिनामा पर्ने मुस्लिम समुदायको पबित्र महिना रमजान शरिफ हो । चन्द्रमा हेरेर यस पबित्र महिनाको सुरुवात हुन्छ । यो पबित्र महिना रमजानमा बिश्व भरिकै मुस्लिम समुदायका मानिसहरु एक महिना रोजा बस्छन ।
यस बर्ष नेपाल सरकारले लगाएको लकडाउनको पालना गर्दै मुस्लिम समुदाय लगायत विश्वमा रहेका मुस्लिमहरुले रमजान शरिफ आफ्नै घरमा मनाईरहेका छ्न । साथै मुस्लिम समुदायका मानिसहरू पाँच टाईमको नमाज र शुक्रबारको नमाज मस्जिदमा पढ्ने गर्थे तर यस बर्ष कोरोना भाइरसको कहरले घरमै बसेर नमाज पढ्ने गरेका छन । रमजानको दुई चार दिन बित्दै नेपालगन्जको अधिकांस मस्जिद र ठाउँ ठाउँमा मुस्लिम समुदायले रोजा ( व्रत) बसेकालाई र अन्यधर्मका ब्याक्तीहरुलाई पनि समाबेश गराई एकसाथ जमघट भइ ईफ्तरी खुवाउने गरिन्थ्यो । धर्मिक सद्भाव कायम राख्न नेपालगन्जका धर्म गुरु समाजसेवी बुद्धिजीवी र युवाहरु समेत ईफ्तरीमा (भोजन वा जल) सहयोग हुन्थ्यो । तर कोरोना भाइरस कोभिड १९ महामारीले गर्दा रमझम देखिएको छैन ।
बाँके जिल्लामा रहेको नेपालगन्ज शहर एउटा आफ्नो छुट्टै पहिचान र छाप बनाएको छ साथै यस शहरलाई सामाजिक सद्भाव शहरको नामले समेत नेपालमा चिन्ने गरिएको छ । रमजान शरिफमा घरायसी समान जस्तैः फलफूल मिठाई नयाँ नयाँ लुगा कपड़ा जुत्ता चप्पल र गरगहना किन्नेको बजारमा मुस्लिम समुदायको चहलपहल देखिन्थ्यो तर यस बर्ष कोरोना भाइरसको त्रास र लकडाउनका कारण भिड्भाड रमझम देखिएको छैन पबित्र महिना रमजान खल्लो बनेको छ ।
मुस्लिम समुदायहरुले ईस्लामिक केलेन्डरका (पात्रो ) अनुसार बर्षमा बर्षमा दुई पटक ईद मनाउने गरिन्छ । ईद उल फितर (ईद) भनिन्छ भने आर्को ईद उल अजहा जसलाई बक्रा ईद भनिन्छ । ईद उल फितर (ईद) सकिने दिन देखि २ महिना पछि ईद उल अजहा बक्रा ईद पर्व मनाउने गरिन्छ । रमजान महिनाको अन्तिम दिन सबै मुस्लिम समुदाय चन्द्रमा हेर्नका लागि उत्साहित हुन्छन् । चन्द्रमा हेरि पश्चात् दोस्रो दिन भोलि बिहान ईद उल फितर (ईद) पर्व मनाउने गरिन्छ । ईस्लाममा ईद उल फितर अथवा ईदको पर्व मुस्लिम समुदायको लागि एकदमै खुसीको दिन हो । मुख्य पर्व पनि हो । बिश्वका सम्पुर्ण कुनकुनमा फैलिएर बसेका मुस्लिम समुदायहरुले यस पर्वलाई विश्वास र उत्साहपूर्वक मनाउने गर्दछन । बास्तबमा ईद पर्व समाजमा खुशी फैलाउने छरछिमेकमा आपसी भाईचाराका साथै सुखदुःख समाबेश हुने तथा जनमानसमा सामाजिक सद्भाव कायम राख्न, सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाम्री देशमा ईदको पर्व आउँदा मुस्लिम समुदायका साथै सम्पुर्ण समुदायका ब्यक्तिहरु खुशीले उत्साहित हुने गर्दछन ।
ईद पर्व धानी गरिब ,बालबालिका, युवा, वृद्ध सबै जनामा बराबर उत्साह देख्ने गरिन्छ । सबैले नयाँ कपड़ा ,नयाँ गहना ,जुत्ता चप्पल लगायत अन्य भौतिक सुखहरु आफ्नो सामर्थ्य र क्षमता तथा रुचि अनुसार खरिद गर्दछन । चारैतिर फलफुल वा मिठाइको पसलमा लामो भिड्भाड देखिन्छ । वातावरणमा एक छुट्टै नयाँ चमक आउँछ । सम्पुर्ण मुस्लिम समुदाय यस पर्वलाई धुमधाम संगै बिशेष तयारीका साथ मनाउने गर्द्छन ।
ईदको बिहान बच्चाहरु, युवाहरू, र बुढा मानिसहरू सबै ईदगाहमा (मस्जिदमा) एक निश्चित समयमा सफा लुगामा सामुहिक भेला भइ सबैले एकसाथ लाइनमा नमाज पढी दुवा (प्रार्थना) गर्छन । हजारौं ब्याक्तीहरु दुवा (प्रार्थना) गर्न आफ्नो हात उठाउँछन ती सम्पुर्ण दृश्य देखेर मन प्रसन्न र कोहि पनि सानो छैनन् हामी सबै जना बराबर छौ भन्ने एउटा भावना देखाउँछ ।
अल्लाहसंग मुस्लिमहरु आफुले गरेको पाप (गुनह) को माफी मात्र न मागी आफ्नो साथी भाइ , गरिब , दुखी बिरामी ,अशक्त , आशय , कारागारमा कैद भएका ब्याक्तीहरुको रिहाई का लागि र साथै आफ्नो रास्ट्रको उन्नति प्रगति शान्ति समृद्धिको समेत अल्लाह संग दुवा (प्रार्थना) गर्दछन । नमाज पढि सके पछि मुस्लिमहरुलाई एकअर्कालाई अगाँलो हाली ईदको शुभकामना दिने गरिन्छ । सबै मुस्लिमहरु आफ्नो साथीहरू र आफू नजिकका आफन्तहरुको घरमा गएर अंकमाल गर्ने ईदको बधाई दिने र मिठो स्वादिष्ट परिकारका भोजन खाने र खुवाउने गर्छन् । ईद पर्व आपसी भाईचारा तथा एकाअर्कासंग प्रेम गर्न सिकाउँछ । ईदले सामाजिक सद्भाव पनि बढाउँछ पुरै विश्वमा मुस्लिम समुदायलाई अन्य धर्मका ब्याक्तित्वहरुले खासगरी ईदको शुभकामना दिने गर्दछन । सभार सगरमाथागनतब्य

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x