“चिनियाँ नागरिक बाट अबैध ऋण लगानी”
नेपाली भुमिमा गैर कानुनी रूपमा बसेर नेपाली नागरिक लाई गैर कानुनी रुपले ऋण प्रबाह गर्ने धन्दामा चिनियाँ नागरिक हरु सम्लग्न रहेका छन ।चिनियाँ नागरिक हरुले ऋण प्रबाह को लागि इजि क्रेडीड, फ्री क्यास ,ह्यान्डी लोन,रुपि स्टार लगायत का मोबाइल एप्स हरु बिकास गरि सोही एप्स हरु बाट नेपाली तथा भारतीय नागरिक हरु लाई चर्को ब्याजमा ऋण प्रवाह गर्दै आइरहेका छन।
यस धन्दामा उनीहरुको धेरै नेपाली हरुलाइ पनि प्रयोगमा ल्याइ रहेका छन।गैर कानुनी ढंगले ऋण प्रवाह गर्ने धन्दामा सकृय दुई चिनियाँ नागरिक पक्राउ परे पछि यस्को रहस्य खुलेक हो।यस्तो अबैद धन्दामा सक्रिय चिनियाँ नागरिक चाङ हु बावो र वाङ जिनावो पक्राउ परेका छन।ऋण प्रबाहको लागि उनिहरुले काठमाडौ र भक्तपुरमा कार्यलय नै खोलेका थिए ।
अबैध धन्दा चलाउन उनीहरुको नेपाली नागरिक दिपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी नामक संस्था नै खोलेका थिए ।एक सय सोह्र जना नेपाली युवा युवती लाई प्रयोग गरेर अबैध धन्दा चलाइ रहेका थिय।यस्को मास्टर माइन्ड भनेको चिनियाँ नागरिक नै रहेका छन।चिनियाँ नागरिकले नेपाली नागरिक लाई प्रयोग गरि भारतीय नागरिक सम्म ऋण प्रवाह गरिरहेका छन ।
उनिहरुले भारतीय नागरिक लाई एप्स मार्फत सम्पर्क गर्न र अन्लाईन मार्फत फाराम भराउने अनि उनीहरुको रासन कार्ड ,भोट कार्ड सम्पर्क नम्बर लगाएतका कागजात लियर ऋण रकम प्रवाह गर्दै आइरहेको रहस्य खुलेको छ।प्रहरीका अनुसार चिनियाँ नागरिक यस्तो अबैध धन्दा उपत्यका बाहिर बिराटनगर ,बिरगंज ,बुटवल ,पोखरा ,चितवन लगायतका सहर हरुमा पनि सक्रिय रुपमा रहदै आइ रहेको र त्यहा बाट पनि करोडौं रुपिया ऋण लगानी गरिरहेका छन ।
चीनिया नागरिक हरुले पछिल्लो समय एप्स मार्फत खेलिने जुवा ,बेटिङ,बुगि लगायत का धन्दा पनि भित्र भित्रै फस्टाउदो छ।उनिहरुले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सोही क्षेत्रमा प्रयोग हुने प्रहरीको अनुमान छ।चिनियाँ नागरिक ले भारतमै रहेका त्यहाँका नागरिक लाइ ऋण प्रबाह गर्दै आइरहेका छन।
यस्तो धन्दामा प्रबाह भएको ऋण रकमको ट्रान्जेक्सन लाई नेपाली बेन्किङ प्रणालीले चिन्दैन।तसर्थ यस्तो अबैध धन्धा गर्ने चिनियाँ नागरिक माथी पुग्न धेरै गार्हो हुन्छ।चीनिया नागरिक हकमा रास्ट्र बैंक बाट अनुमती नलि ऋण प्रवाह गर्ने र असुल गर्ने गरेको देखिन्छ त्यसैले यो नेपालको कानुनमा गैन कानुनी मानिन्छ।नेपाल मा बसेर गैर कानुनी गतिविधिमा धेरै चीनिया नागरिक सक्रिय रहेका छन।सुन तस्करी देखि लियर बन्यजन्तु को ओसारपसार मा पनि उनिहरु सक्रिय छन ।साङठनिक रुपमा नै नेपाल प्रवेश गरेर नेपालको कानुन बिपरित यस्ता क्रियाकलाप गर्ने चीनिया नागरिक माथी बढी निगरानी गर्न जरुरी देखियको छ ।नत्र चीनिया नागरिकको गलत संगतले नेपाली युवा युवती पनि नराम्रो गरि प्रभावित हुने सम्भावना देखिदै गएको छ।


