७ कार्तिक २०८१, बुधबार

यो अवस्थामा कसरी मात दिन सकिन्छ कोरोना भाइरसलाई ?

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १५:०५ मा प्रकाशित


कैलालीबाट ८ हजार भन्दा बढि स्वदेश आएका नेपाली मध्ये ७ सय ७५ जनाको नाकामा आरडीटी परीक्षण यसरी हामी पुर्ण चेकजाँच न गरी नै स्थानिय तह पठाउदाँ के हामी कोरोना भाइरसलाई हामी मात दिन सकिन्छ जस्तो लागेन आवश्यक स्वास्थ्य समागी्र कै अभाव छ यस तर्फ पनि सरकारको ध्यान जान जरुरी रहेको छ ।

नेपाल भारत सिमा नाका सहित बाँके, बर्दिया,कैलाली,कंचनपुर र अन्य सिमानाका बाट नेपालीहरु स्वदेश फर्कि रहेका छन् । कैलालीको गौरी फन्टा नाका बाट दैनिक २ हजार जना नेपालीहरु स्वदेश फर्की रहेको जानकारी आएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बुधबारदेखि दैनिक दुई हजारभन्दा बढी नेपाली सीमा नाकामा आइरहेको बताए । सीमानाका पुगेका नेपालीलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्बन्धित जिल्लामा पठाउने गरेका छौं उनले भने सम्बन्धित जिल्ला तथा स्थानीय तहबाट बसको व्यवस्था गरेर पठाउने बेलासम्म नाकामै उनिहरुलाई रोकी राख्न गाह्रो भइसकेको छ ।

प्रशासनको तथ्यांक अनुसार बुधबारदेखि शनिबारसम्ममा ८ हजार २ सय ७९ जना सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको छ । जेठ २ र ३ गते ९ सय ५० जना आएकोमा बुधबार २ हजार ४ सय ९८ , बिहीबार २ हजार १४ र शनिबार १ हजार ८ सय ९९ जनालाई पठाइएको छ । जसमध्ये जेठ २ र ३ गते आएकाहरु र ८ गते भित्रिइएका ७ सय ७५ जनाको मात्रै नाकामा आरडीटी परीक्षण गरिएको छ । बाँकीको समान्य स्वास्थ्य जाँच गरेर पठाइएको छ । शनिबार त समान्य जाँच समेत नगरी बसमा चढेर उनीहरु घर फर्कन लागेका छन् । श्रोत कान्तिपुर समाचारबाट ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x