१२ मंसिर २०८३, शुक्रबार

कांग्रेस सभापति देउवा र नेता पौडेल बिच सहमति

एसीपी संवाददाता

५ फाल्गुन २०७७, बुधबार १७:०२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच सहमति  भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको हो । यही विषयलाई लिएर बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाईएको थियो  ।

फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो । यससँगै कार्य समितको म्याद छ महिना थप भएको छ । सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस स्रोतले जनाएको छ।

फागुनमा तय भएको महाधिवेशन हुन नसकेपछि आगामी भदौमा महाधिवेशन गर्ने गरी देउवाले ल्याउन लागेको कार्यतालिकाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले आपत्ति जनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x