७ कार्तिक २०८१, बुधबार

पापड तथा सिन्कामरी बनाउने प्रशिक्षणमा सहभागी महिलाहरुलाई प्रमाण पत्र

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार १४:३० मा प्रकाशित

वडा नं १३ आयमूलक÷सिपमूलक कार्यक्रम अन्तरगत पापड तथा सिन्कामरी बनाउने प्रशिक्षणमा सहभागी महिलाहरुलाई नेपालगन्जमा प्रमाण पत्र बितरण गरिएको छ । नारी कल्याण समाजको आयोजना तथा नेपालगंज उपमहानगरपालिकाद्वारा संचालित तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको हो । चैत्र ११ गते तालिम सम्पन्न भए पनि नेपाल सरकारद्वारा जारी गरेको लकडाउनका कारण जेठ १३ गते मंगलबार प्रमाण पत्र प्रदान गरिएको हो । नारी समाज बाँकेका अध्यक्ष कमला भटट्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष एवम प्रमुख अतिथी बिरेन्द्र बहादुर शाह र वडा सदस्य पुष्पा भटटराई लगायतले सहभागीहरुलाई प्रमाण बितरण गर्नुभएको थियो । तालिममा २१ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । समाजकी उपाध्यक्ष नारायणी रुपाखेतीले स्वागत गर्नुभएको कार्यक्रममा वडा नम्बर १३ का सचिव मदन रावत, नायब सुब्बा रामकुमार पौडेल, महिला नेतृ रमा उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x