थप १५६ कोरोना पुष्टि, संक्रमितको संख्या हजार माथी पुग्यो

नेपालमा कोभिड १९ कोरोना भाइरस संक्रमित संख्या ह्वात्तै दिनहु बढदै गएको छ । आज बिहीबारका दिन अहिले सम्म १५६ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले सप्तरी, रौतहट, भरतपुर, सर्लाही, सोलुखुम्वु, बझाङ लगाएतका बासिन्दामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्या एकैदिन १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए। मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढेको हो। त्यस्तै बिहीबार कोरोनाबाट थप एक जानाको मृत्यु भएको छ ।




