५ असार २०८३, शुक्रबार

गणतन्त्र दिवसको अवसरमा पाेखरियामा ४० जना ले गरे रक्तदान

एसीपी संवाददाता

१५ जेष्ठ २०७७, बिहीबार १३:३९ मा प्रकाशित

धर्मेन्द्र प्रसाद यादव – पोखरिया १५ जेठ /

नेपालको १३ औं गणतन्त्र दिवसको अवसर मा पर्साको पाेखरियामा नगरपालिका मा रक्तदान कार्यक्रम समपन भएकाे छ । पोखरिया नगरपालिका को कार्यालय र नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा ,पोखरिया अस्पताल ,ईलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल पोखरिया को संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम का प्रमुख अतिथि रहनु भएको पोखरिया नगरपालिका को नगरप्रमुख दिपनारायण रौनियार ले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कँडेललाई रक्तदान गर्ने ब्याग हस्तान्त्रन गरी उद्घाटन गरेका थिए । कोरोना महामारी रोग बढदै गएकोले रक्तदान कार्यक्रममा कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम को अायोजना गरिएको नगरप्रमुख रौनियार ले जनाए का छन। रक्तदान जीवन दान भन्रने नारा का साथै रक्तदान गर्ने हरु लाई धन्यवाद व्यक्त समेत गरे । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा को सभापति भगवान कुर्मी को सभापतित्वमा समपन भएको थियोे ।

रक्तदान कार्यक्रममा रेडक्रस पर्सा मन्त्री शैलेन्द्र कुमार चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपसभापति अनुप तिवारी,पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल कुमार यादव, हृदय नारायण कुर्मी,पत्रकार धर्मेन्द्र चौरसिया, बृजेश तिवारी,मनोज कुमार साह, राजु रौनियार, सुदिप कुर्मी लगायतले रक्तदान गरेकाे रेडक्रसका राजन श्रीवास्तवले वताउनुभयाे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा का सभापति बिरेन्द्रराज कडेल,संबिधान सभासद रामेश्वर प्रसाद रौनियार, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र प्रहरी निरिक्षक हरी सिंह विष्ट, शिक्षक पर्वत ठाकुर, लगायतकाकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम संचालन उप शाखाका कोषाध्यक्ष विनोद गिरीले गरेका थिए । रक्त संचार केन्द्रका धिरेन्द्र झा नेतृत्वकाे टाेलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x