७ कार्तिक २०८१, बुधबार

शान्ती समाज बाँके शाखाको प्रदर्शन

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार ०७:५८ मा प्रकाशित

नन्दलाल साहू /नेपालगन्ज आइतवारका दिन मानव अधिकार तथा शान्ती समाज,बाँके शाखा नेपालगंजले सामाजिक दूरी कायम राख्दै रुकुम पश्चिममा घटेको घटनाको सत्य तथ्य छानबीनकोलागी संसदीय समिति गठन गर्न, दोषीमाथी कानून सम्मत कार्यवाही गर्न , पीडितलाई न्याय र पीडकलाईसजाय,जातीय बिभेद अन्त्य गर्न तथा मानव अधिकारको सम्मान गर्न सहितको माँग रख्दै प्ले कार्ड बोकी नेपालगंजको त्रिभुवन चोकमा प्रदर्शन बिहान ११.३० बजे प्रदर्शन गरिएको थियो ।

प्रदर्शन क्रममा समाजका बाँके शाखाका सभापति कृष्णा देवी पाण्डे सचिव बिष्णु लाल कुमाल ,सदस्य एवं अधिवक्ता बिश्वजीत तिवारी, र अन्य सदस्यहरूमा घनश्याम कुमार वैश्य , अाजीवन सदस्य रमेश चन्द्र कुमाल , अल्पना कुमारी वैश्य , चन्दा सिंह लगायत अन्य महानुभावकोपनि उपस्थिति रहेको थियो । पूरै कार्यक्रम नियत समयमा शान्ति पूर्वक सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x