७ कार्तिक २०८१, बुधबार

कोरोना संक्रमितका कारण तनावपुर्ण बनेको नरैनापुर समान्य बन्दै,खोप अभियानमा स्वास्थ्यकर्मी घरदैलोमा

एसीपी संवाददाता

२२ जेष्ठ २०७७, बिहीबार १३:४२ मा प्रकाशित

जेठ २२ गते नरैनापुर बाँके । स्वास्थ्य कार्यक्रम सम्पुर्ण नेपाली नागरिकको अधिकार हो यो कुरा सबैलाई ज्ञात नै छ अहिले बाँकेको नरैनापुर गाँउपालिका स्वास्थ्यको बिषयमा सारै चर्चित रहेको छ । जहाँ कोरोना महामारी जस्तो जटिल समस्या बाट लडन् भन्दा स्थानियका बिरोध स्वास्थ्यकर्मीलाई र प्रहरी सहन् परी रहेको छ भने सेनाको एउटा टोलि नै खटाउनु पर्यो ।

यसै बीच त्यहाँ स्थित रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मचारीलाई समेत तनाव उत्पन्न भएकै छ । यसका बावजुद उनीहरु घरदैलो कार्यक्रम अन्र्तगत घर घरमा पुगि सेवा प्रदान गरी रहका छन् । स्वास्थ्य कार्यालय बाँकेको निर्देशन अनुसार उनीहरु नरैनापुर गाँउपालिका वडा वडामा गई खोप अभियान शुरु गरेका छन् ।

जेठ १९ गते देखि २३ गते १५ महिना भन्दा कम आयूका बालबालिकाहरुको लागि खोप दिने अभियानमा जुटेका छन् । यो नियमित खोप समय समय लगाउने गरिन्छ । स्वास्थ्य चौकीमा अहिले माधव अधिकारी ,कहकशानुर खाँन र रेबिका शाह गरी ३ जना कर्मचारी कार्यरत रहेका छन् । कोरोना महामारी कोभिड १९ का कारण तनाव ग्रष्त रहेको नरैनापुरमा आफ्नो कर्तब्य पालनामा लगातार सक्रिय रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x