टिप्पर कर्णाली नदीमा खस्दा करिब ३० जना बेपत्ता

कालिकोट – यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खस्दा करिब ३० जना बेपत्ता भएका छन् । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । घटना स्थलमा पुगेर केही स्थानीयहरु बेपत्ता भएकाहरुको जिवित उद्धार गरेको छन् । कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीयले प्रहरीलाई बताएका छन् । उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएका नेपालीहरुलाई लैजाँदै गर्दा दुर्टटना भएको हो । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी छ । श्रोतका अनुसार करिब ५० जना हाराहरी यात्रू संख्या रहेको थियो यर्थाथ बिवरण अशिले प्राप्त हुन सकेको छैन । प्रहरी घटना स्थल पुगेर बिवरण प्राप्त पछि जानकारी आउने बताएको छ ।



