माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम फेरि सङै उभिए
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावपछि एकता हुने बताउनुभएको छ ।
चिनियाँ सफ्टवेयरबाट अवैध धन्धा यसरी करोडौं रकम लुट्ने गरिन्छ
प्रचण्डले जनता समाजवादी पार्टीमा हुँदा बाबुरामहरू पाँच दलीय गठबन्धनमै रहेको बताउँदै नयाँ पार्टी खोलेपछि पनि समेटेर लैजान छलफल भइरहेको बताउनुभयो ।
‘उहाँहरू (बाबुराम) ले गठबन्धन छाडेको होइन। जनता समाजवादी पार्टीमा हुँदा बाबुरामजीहरु गठबन्धनमै हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘बाबुरामजीहरूलाई गठबन्धनबाट निकालिएको थिएन।’
प्रचण्डले बाबुरामहरूलाई गठबन्धनमा समेटेरै लैजानका लागि माधव नेपाल र शेरबहादुर देउवासँग पनि सल्लाह भइरहेको बताउनुभयो ।
‘बाबुरामजी र म एक ठाउँमा उभिनुको ठूलो राजनीतिक अर्थ छ। अब हामी उभियौँ’, उहाँले भन्नुभयो, ‘अहिले नै पार्टी एकता भएको होइन। चुनावपछाडि पार्टी एकताको कुरा अघि बढ्छ। चुनाव चिह्न र साझा घोषणा पत्र एकै भएपछि अब हामीएक ठाउँ उभियौँ।’


