१३ आश्विन २०८३, मंगलवार

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ द्धारा विभिन्न मागसहित स्थानीय प्रशासन मार्फत् सरकारलाई ज्ञापन पत्र

एसीपी संवाददाता

३० जेष्ठ २०७७, शुक्रबार ०६:१० मा प्रकाशित

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्जले विभिन्न मागसहितको ज्ञापनपत्र आज स्थानीय प्रशासन मार्फत् सरकारलाई बुझाएको छ । लकडाउनका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुलाई तत्काल आर्थिक प्याकेज गर्नुपर्ने, घरभाँडाका लागि घरधनीहरुसँग छलफलका लागि सहजिकरण गर्नुपर्ने, लकडाउन अवधिसम्मको बैंक व्याज मिनाह हुुनु पर्नेलगायतका माग समेटिएको ज्ञापनपत्र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीलाई बुझाइएको संघका अध्यक्ष पुरुषोत्तम शर्माले जानकारी दिनुभयो । लामो समयसम्म बजार व्यवसाय बन्द हुँदा उद्योगी व्यवसायी संकटमा परेको भन्दै बिशेष आर्थिक प्याकेज सरकारले घोषणा गर्नुपर्ने अगुवा व्यवसायी ललित रौनियारले माग गर्नुभयो । अप्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सरकारले झन कस्न खोजेको भन्दै व्यवसायीहरु रुष्ट भएका छन् । उनीहरुले सरकारलाई तिर्नुपर्ने कर लकडाउन खुलेको तीन महिना पछि मात्र तिर्न सकिने बताए । करिव तीनतीन महिनासम्म बजार व्यवसाय बन्द गराएर अषाढ ७ मै कर तिर भनेर आदेश दिनु सरकारको गैरजिम्मेवार काम भएको भन्दै व्यवसायीहरुले लकडाउन खुलेको तीन महिनापछि मात्र कर तिर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् । धम्वोजीबाट निस्किएका प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले नगरका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउन नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष अमित बस्नेत, पूर्व महासचिव विष्णु लामिछाने, संघका सदस्य टेकबहादुर खड्कालगायतका उद्योगी व्यवसायी पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x