लकडाउनमा ढिलाई एकैदिन साउदीमा बढे संक्रमित

अरशद शेष राई – साउदी अरेबिया । साउदी अरेबियाको राजधानी रियादमा शुक्रबार एक हजार पाँच सय भन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएपछि साउदी अधिराज्यभरी एकैदिन ४ हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन । साउदी अरेबियामा सरकारले लकडाउनमा ढिलाई दिएपछि दिनदिनै नयाँ कोरोना संक्रमित भेटिनेको संख्यामा वृद्धि हुँदै गएको हो । शुक्रबार एकैदिन साउदी अरेबियामा नयाँ ३ हजार ९ सय २१ जना नोबेल कोरोना भाइरसका संक्रमित भेटिएका हुन । साउदी अरेबियामा एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको अहिले सम्मको यो पहिलो घटना हो । राजधानी रियादमा शुक्रबार एकैदिन एक हजार पाँच सय ८४ जना नयाँ नोबेल कोरोना भाइरसका संक्रमित भेटिएपछि शिर्ष स्थानमा रहेको छ भने जद्दा ३ सय ९१, मक्का १ सय ९७, हाफुफ १ सय ९२, खोबर १ सय ७६, मदिना १ सय ४४, दम्माम १ सय ४, काताइफ ९३, अल-दारियाह ९३, अल- मुबराज ८४, ताइफ ८३, धह्रन ५२, अल- जुबेल ५१ इत्यादि जना जस्तै नयाँ संक्रमित भेटिएका हुन । साउदी अरेबियामा एकैदिन शुक्रबार कोरोना भाइरसको संक्रमितले गर्दा ३६ जनाको मृत्यु भएको छ जबकि शुक्रबार एकैदिन एक हजार १० जना उपचारपछि रिकभर भई घर फर्किएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । नोबेल कोरोनाले भाइरसले गर्दा साउदी अरेबियामा शुक्रबार सम्म संक्रमितको जम्म संख्या १ लाख १९ हजार ९ सय ४२ जना पुगेका छन भने कोरोना भाइरसका संक्रमित भएकाहरुको उपचारपछि रिकभर हुनेको जम्म संख्या ८१ हजार २९ जना पुगेको जनाएको छ । साउदी अरेबियामा कोरोना भाइरसले गर्दा शुक्रबार सम्म मृत्यु हुनेको जम्म संख्या ८ सय ९३ जना पुगेका छन जबकि शुक्रबार सम्म साउदी अरेबियामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार २० जना रहेका छन भने १ हजार ८ सय २० जनाको स्थिति गम्भीर रहेको स्वास्थ्य मंत्रालयको तथ्यांकमा उल्लेख छ ।



