२१ बैशाख २०८३, सोमबार

कपिलवस्तुको कृष्णनगर नगरपालिका का २५ जना कोरोना संक्रमित डिस्चार्ज

एसीपी संवाददाता

३१ जेष्ठ २०७७, शनिबार ११:५८ मा प्रकाशित

कृष्णनगर,जेठ ३१ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कालेज काेराेना आइसाेलेसन सेन्टर मा रहेका २५ जना कोरोना संक्रमित १४ दिन पछि घर फर्केका छन्। नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग काे समन्वयमा केटीहरुले पढ्ने आयसा गर्ल्स कालेजलाई ३४ बेडकाे आइसाेलेसन सेन्टर बनाइएकाे थियो ।

काेराेना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभाेग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसाेलेसन वार्ड व्यवस्थापन गरिएकाे थियो । जेठको ११ गते गरिएको pcr टेस्ट मा उनि हरू कोरोना संक्रमित देखिए पछि आइसोलेशन सेन्टर मा ल्याइएको थियो । अहिले पनि उक्त कोरोना आइसोलेशन सेन्टर मा केही व्यक्ति रहेका र थप १९ जना कोरोना संक्रमित लाई ल्याउने तयारी भै रहेको कृष्णनगर नगरपालिका स्वास्थ्य संयोजक संकर भट्टराई ले जानकारी दिए ।

१४ दिन पछि कोरोना संक्रमित लाई नगर प्रमुख रजत शाह ले दोस्लला ओढाई सम्मान पूर्वक घर पठाए । शिवराज हास्पिटल का मेडिकल सुपरिटेंडेंट नफीस खान, कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख साकिर शाह, वडाध्यक्ष देवानन्द शुक्ल , सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही , कार्यपालिका सदस्य सोनु मोदनवाल लगाएतको उपस्थित थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x