इन्स्योरेन्स र धिराज इन्टरप्राइजेजको सहकार्यमा कावासोतिको बालुवाडाडामा राहत वितरण

आइ ए इ लाइफ इन्स्योरेन्स र धिराज इन्टरप्राइजेजको सहकार्यमा कावासोतिको बालुवाडाडामा राहत वितरण कावासोति,नवलपुर, आइ एम इ लाइफ इन्स्योरेन्स कावासोती शाखा तथा कावासोतीमै रहेको धिराज ईन्टरप्राइजेजको सहकार्यमा कावासोती नगरपालिका वडा न १ मा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कावासोती नगरपालिका वडा न १ बालुवाडाडाका २४ विपन्न परिवारलाइ राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको आइ एम इ लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अमित भण्डारीले बताए। कोरोना महामारीबाट बच्न देशमा जारी रहेको लकडाउनले अत्यन्तै प्रभावित मजदुर तथा अति विपन्न घर परिवारलाइ राहत होस भन्ने उद्देश्यले खाद्यान्न सामाग्री वितरण गरिएको पनि भण्डारीले बताए। आफुहरुले २४ घरपरिवारलाई १५० किलो चामल,१५ पोका नुन र १५ पोका तेल वितरण गरेको जानकारी दिदै आ ए इ लाइफ इन्स्योरेन्सले बिगतका दिनमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने शाखा प्रबन्धक गगन न्यौपानेले बताए।राहत वितरण कार्यक्रममा धिराज इन्टरप्राइजेजका संचालक धिराज भट्टराई , उद्योग वाणिज्य संघ नवलपुरका पुर्व अध्यक्ष ओम प्रसाद पौडेल,वर्तमान उपाध्यक्ष पुस्प न्यौपाने ,लोक दोहोरी प्रतिस्ठानका केन्द्रिय उपाध्यक्ष दिपक खड्का लगायत इन्स्योरेन्सका एजेन्सि म्यानेजरहरुको उपस्थिति रहेको थियो।



