२१ बैशाख २०८३, सोमबार

दुर्घटनामा परि प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

एसीपी संवाददाता

३२ जेष्ठ २०७७, आईतवार ०७:०६ मा प्रकाशित

नवलपरासी / जेठ ३२ गाडि दुर्घटनामा परि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ। जिल्ला प्रशासन कर्यालय नवलपरासीको आज बिहान ११ बजे जिल्ला बिपद ब्यवस्थापन समीतीको बैठकमा आउँदा उनि चढेको गाउँपालिकाको स्कार्पियो गाडी लु १ झ ३७० खोलामा खसेर घम्भिर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी परासी बैठकमा आउने क्रममा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगर पुलमा साइकल जोगाउदा गाडी पुलमा ठोकियेर खोलामा झरेर उनि गम्भीर घाइते भएपछी नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत भएको हो भने चालक घाइते भएको प्रहरीले जनाएको छ। बर्दघाट स्थित चिसापानीमा रहेको उनको शब पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पतालमा लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x