नेपालमा आइतवार थप ४२५ जना कोरोना संक्रमित थपिए

नेपालमा आइतवार थप ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ४२५ जना संक्रमित थपिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमति सहित अहिलेसम्म कोरोना पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिनुभयो । त्यस्तै थप एक जनाको कारोनाका कारण मृत्यु भएको छ । गुल्मी धुर्कोट ४ जैसीथोकका एक २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुरुषको प्रवक्ता गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । त्यस्तै हालसम्म ९७४ जना डिस्चार्ज भएको प्रवक्ता गौमलले जानकारी दिनुभयोे ।
त्यस्तै निजी प्रयोगशालाले पनि आवश्यक प्रक्रिया पूरा गरेर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिएर निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने गौतमले बताउनुभयो । ती नमुना जाँचको लागि लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने उहाले बताउनुभयो
यस्तै विदेश जाँदा निरोगिताको प्रमाणपत्रको लागि गरिने नमुना सङ्कलनको परीक्षण वीर, शिक्षण र पाटन अस्पतालको ल्याबमा गरिने भएको छ । हालसम्म नेपालमा पिसिआर बिधिबाट हालसम्म १,३१३७७ परिक्षण र आरडिटि बिधिबाट हालसम्म २,१०,७२१ परिक्षण भएको छ ।



