धमा धम चीनमा संख्या बढदै

बेइजिङ — चीनको राजधानी बेइजिङमा पचास दिनयता फेरि केही मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि केही क्षेत्रमा कडा लकडाउन गरिएको छ। सङ्क्रमणको प्रकोपलाई शहरको सबभन्दा ठूलो होलसेल बजारसँग जोडेर हेरिएको छ।सिनफडि मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड- १९बाट सङ्क्रमित फेला परेका थिए। उनीहरूमध्ये कसैमा पनि कुनै लक्षण देखिएको थिएन।
त्यसपछि उक्त बजार र वरिपरिका ११ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ।
चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
बेइजिङमा ३२ वर्षदेखि संचालित ‘सिन फा ती’खुद्रा कृषि बजार प्रवेशद्वारमा कडाइ गर्दै चिनियाँ प्रहरी ।
यसअघि शनिबार पनि बेइजिङमा ३६ जनामै कोरोना संक्रमण देखिएको थियो । समाचार संस्था एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा रहेको थोक बजारमा संक्रमण देखिएपछि बेइजिङका थप १० क्षेत्रमा लकडाउन गरिएको छ ।
‘सिन फा ती’ नाम गरेको उक्त कृषि बजारमा कार्यरत कर्मचारीहरुको नमुना संकलन गर्दा संक्रमण देखिएको हो । बेइजिङमा त्यही बजारबाट संक्रमण फैलिएको आशंका गरिएको छ ।
चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा उल्लेख्य कमी आएको छ । तर केही ठाउँमा देखिएको स्थानीय संक्रमणका कारण भने चीनमा पुन: यसले महामारीको रुप लिने हो कि भन्ने चिन्ता बढेको छ ।
चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ३ सय ३५ जना पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ७९ हजार ४ सय ८३ जना निको भएका छन् । सभार – इ कान्तिपुर



