१४ आश्विन २०८३, बुधबार
बाँकेमा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ असार १८ गते – बाँकेमा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा खजुरा गाउँपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नयाँ संक्रमितमा ४ जना महिला र ३ जना पुरुष छन् । ती मध्ये ४ बर्षीया बालिका र ९ बर्षीय बालक पनि छन् । बाँकेमा अब संक्रमितको संख्या ३ सय ६३ पुगेको छ । ती मध्ये ३ सय २७ जना निको भएर घर फर्किँदा २ जनाले भने ज्यान गुमाएका छन् ।
Subscribe
Login
0 Comments


