५ असार २०८३, शुक्रबार

संस्थागत विद्यालय इस्टु बाँके द्धारा तत्काल विद्यालय खोल्न माग

एसीपी संवाददाता

१९ असार २०७७, शुक्रबार १५:१५ मा प्रकाशित

संस्थागत विद्यालय युनियन इस्टु बाँकेले तत्काल विद्यालय खोल्न माग गरेको छ ।
इस्टुले सरकारलाई दवाव दिन शुक्रबार नेपालगन्जमा र्याली समेत निकालेको छ । पुष्लालचोक देखि सुरु भएको र्याली सुर्खेतरोड हुँदै विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै इस्टुका केन्द्रीय उपाध्यक्ष उमेश सापकोटाले लकडाउनका कारण लामो समयसम्म शिक्षकहरुले तलव नपाएको भन्दै संचालकहरुले तत्काल तलव उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

लकडाउनका कारण समस्यामा परेका शिक्षकहरुलाई सहयोग गर्नुको साटो विद्यालय संचालकहरुले पारिश्रमिक नदिएर थप अप्ठ्यारोमा पारेको उहाँको भनाइ छ । कोणसभालाई केन्द्रीय सदस्य गमबहादुर डाँगी, प्रदेश पाँचका ईन्चार्ज बामदेव ओली, जिल्ला अध्यक्ष मुना हमाललगायतले सम्वोधन गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x