१ श्रावण २०८३, शुक्रबार

सुर्ती बोकेको मोटरसाइकल बरामद

एसीपी संवाददाता

२६ असार २०७७, शुक्रबार ०८:०१ मा प्रकाशित

फाइल तस्बिर

नेपालगन्जको भज्जीपूर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सुर्तीजन्य बस्तु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले शुक्रबार बिहान भारतबाट अवैध रुपमा नेपालगन्जमा भित्रीएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको हो।सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेतको कमान्डको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भज्जीपुर्वा भन्ने स्थानबाट सुर्तीजन्य सामाग्रीसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको जनाएको छ । मोटरसाइकल बरामद गरिएपनी चालकले मोटरसाइकल छोडेर भागेको नायब निरीक्षक बस्नेतले बताउनुभयो । बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती ५२५ पोका, कमलापसन्द ५० डिब्बा, तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानाएको छ । बरामदी मोटरसाइकलसहित सुर्तीजन्य सामाग्रीको मूल्य १ लाख ५८ हजार १२५ रुपैयाँ बराबरको रहेको बताइएको छ । कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १६ लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ। बरामद गरिएका सामाग्रीलाई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x