१ श्रावण २०८३, शुक्रबार

लगातारको वर्षाका कारण धार्मिक तथा पर्यटकीय स्थल शिला शालिग्राम सँगै सेदिवेणी बजार डुवानमा

एसीपी संवाददाता

२६ असार २०७७, शुक्रबार १४:४९ मा प्रकाशित

अमृत भट्टराई , बिहादी / पर्वत । दुई दिनदेखिको लगातार बर्षाले गर्दा कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढे सँगै कालीगण्डकी नदी नजिकै रहेका बस्ती र केही धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि डुवानमा परेका छन् । बर्खा लागेपछि कालीगण्डकी नदीमा पानीको बहाव निकै बढ्ने गर्दछ । निरन्तर बर्षा भएपछि कालीगण्डकी नदीमा अबस्थित पर्वत को बिहादी गाउँपालिका , गुल्मीको कालीगण्डकी गाउँपालीका र स्याङ्जाको गल्याङ्ग नगरपालीकामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सेदिवेणी शिला शालिग्राम डुवानमा परेको छ । शिला डुबानमा परेपछि सेदिवेणी बजार पनि बाढीको उच्च खोजीमा रहेको सेदिवेणीमा व्यवसायी गर्दै आउनुभएको बिहादी गाउँपालिका ६ सालिग्राम का तिलक पराजुलीले बताउनुभयो ।

केहीस्थानीय व्यापारी आफ्नो पसलनै छाडेर अन्यत्र गएर बस्न परेको समेत स्थानीय को गुनासो छ । स्थानीयका अनुसार यस क्षेत्र वर्षौंदेखि डुबानमा परेको र अहिले पनि परेको हो तर डुबान हुदा सबै निकायले चासो देखाएपनि डुबान सकिएपछि केही नियन्त्रणका उपायहरू का लागि कुनै पहल भएको देखिदैन् । यश क्षेत्रमा विभिन्न ठाउँबाट पर्यटन आउने गरेको पनि पाइन्छ तर ५ वर्ष अगाडि आएको कालीगण्डकी को बाढीले भत्काएको शिला अझै निर्माण गर्ने केही सुरसार नदेखिदै फेरि शिला डुवानमा परेको स्थानीय बाबुराम न्यौपानेले बताउनु भयो । यो सँगै यो सालमा दुईपटक शिला शालिग्राम डुवानमा परिसकेको छ । यहाँ विशेषगरी हिन्दु धर्मावलम्बी स्नानका लागि आउने गरेको पाइन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x