वडा नं. २ को समिक्षात्मक पत्रकार सम्मेलन

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ ले तीन आर्थिक बर्षमा वडा कार्यालयबाट भए गरेका कामहरुको बारेमा शुक्रबार जानकारी गराएको छ ।
कार्यालयले समिक्षात्मक पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा भएका कामहरुको बारेमा जानकारी गराएको हो । वडाअध्यक्ष सुनिलसिंह हमालका अनुसार, सडक निर्माण, तालतलैयाको व्यवस्थापन, वडालाई सौन्दर्यकरण गर्ने सवालमा प्रभावकारी काम भएको छ । राजश्वको दरभन्दा दायरालाई बढोत्तरी गर्ने वडाको नीतिअनुसार, वडाको राजश्य संकलनको हिसावले अन्य वडा भन्दा अग्रस्थानमा रहेको पनि उहाँले बताउनुभयो । वडा कार्यालयले विभिन्न ठाउँमा खानेपानी समस्या भएका व्यक्तिहरुलाई धारा, ह्याण्डपम्प जडान गर्ने काम भएको बताउनुभयो । वडामा काम गर्न सहज होस् भन्ने उद्देश्यले वडाभित्र आमा समूह, बालक्लव, युवा क्लव, ज्येष्ठ नागरिक क्लवजस्ता समूह गठन गरी सोही अनुसार काम अगाढी बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।



